महान चाड दशै, तिहार र छठ पर्वलाई लक्षित गरी कपिलवस्तुका ३ सीमा नाकासहित नौ स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
प्रहरीले दशैमा घर फर्कि नेक्रममा नेपाली यात्रुहरुलाई सहजातको लागि कृष्णनगर , मर्यादपुर र चाकरचौडामा कक्ष स्थापना गरेको हो। यस्तै कपिलवस्तुको शिवराज नगरपालिका स्थित चन्द्रौटा, बाणगंगा नगरपालिकाको पिपरा, कपिलवस्तु नगरपालिकाको तौलिहवा स्थित बस पार्क, मायादेबी गाउपालिकाको पकडी, बुद्धभुमि नगरपालिकाको गोरुसिंगे र पत्थरकोटमा कक्ष स्थापना गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।
मानिस र सवारीहरु हरुको बढी आवतजावत हुदा चाप बढदै जाने भएकाले सिमा क्षेत्र बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरहरुमा नागरिक सहायता कक्ष स्थापना गरिएको उनले बताए। भिडभाड हुने, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकहरुको पीरमर्काको तत्काल सुनुवाई गर्न नागरिक सहायता कक्ष स्थापना गरिएको हो।
प्रहरीले दशै तिहार लगायतको चाडका बेला सिमानाकामा यात्रुलाई समस्या पर्न नदिन नागरिक सहायता कक्ष सञ्चालन गरेको जनाएको छ। सीमा नाका कृष्णनगरमा भारतबाट नेपाल फर्किने यात्रुहरुको चाप बिस्तारै बढदै गएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
प्रहरी नायब उपरिक्षक मीनबहादुर घलले दशैका बेला नेपाल फर्किने यात्रुहरुलाई बिना झंझट सहज तरिकाले यात्राको सुबिधालाई मध्यनजर गर्दै केन्द्र संचालनमा ल्याएको बताए। नौ वटै केन्द्रमा प्रहरी र ट्राफिक प्रहरीसहीतको टोली राखएिको छ। ‘समस्यामा परेको यात्रुहलाई केन्द्रमा खटिएका टोली आवश्यक सहायता गर्नेछ।’ बिगतमा सिमामा जाने नेपाली नागरिक, प्रवासबाट नेपाल आउने र फर्किने प्रवासी नेपालीले विभिन्न सास्ती भोगेको जन गुनासो आउने गरेकाले सो कक्ष सञ्चालनमा ल्याइएको प्रहरी उपरिक्षक प्रेमबहादुर बस्नेतले बताए।
नागरिक सहायता कक्ष सञ्चालन सँगै नागरिक मैत्री वातावरण र सचेतनाका कार्यक्रम अन्र्तगत दुर्घटना न्युनिकरणका लागी पर्चा, पम्पलेट वितरण गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख यागेन्द्र तिमिल्सिनाले बताए। नागरिक सँग मैत्रीवत सम्बन्ध राखी सिमा क्षेत्रमा हुन सक्ने अवान्छित क्रियाकलापलाई नियन्त्रण गर्नु कक्ष सञ्चालनको मुख्य उद्धेश्य रहेको उनको भनाइ छ। सिमा क्षेत्र तथा भीडमाड हुने स्थानमा दशै र तिहारका बेला यात्रु ठगिने, लुटिने र दुर्घटनामा समेत वृद्धि हुने सम्भावना रहकाले जिल्लाको तीन भारतिय सिमा नाकामा नागरिक सहायता कक्ष सञ्चालन गरिएको हो।
हाल सञ्चालनमा ल्याइएको नागरिक सहायता कक्ष दशै र तिहार र छठ अवधी भरि यथावत रहने छ। उता दशै लगायत चाडबाडलाई लक्षित गरी कपिलवस्तुमा विशेष सुरक्षा योजना २०७९ संचालन गरिएको छ। नेपाल र सशस्त्र प्रहरी गरी एक सिफ्टमा ६ सय ६८ जना सुरक्षाकर्मी परिचालन हुने प्रजिअ मिश्रले बताए। चाडबाडको बेला थप सुरक्षा सर्तकता अपनाई आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। थप पिकेट, मोबाइल गस्तीहरु पचिलान भएका छन। १० वटा मोबाइल गस्ती, क्वुआरटि मोटरसाईल ३३,र १३ वटा पैदल गस्ती परिचालन भएका छन।
प्रकाशित: १२ आश्विन २०७९ ०३:३२ बुधबार