८ वैशाख २०८१ शनिबार
समाज

उद्धवराज पौड्याल राष्ट्रिय बालअधिकारबाट सम्मानित

राष्ट्रिय बालअधिकार सम्मानबाट अधिकारकर्मी उद्धवराज पौड्याल सम्मानित भएका छन्। ३२ वर्षदेखि बालअधिकार र श्रमिक बालबालिकाका क्षेत्रमा निरन्तर लागिरहेका पौड्याललाई राष्ट्रिय बालअधिकार सम्मान २०७९ बाट सम्मान गरिएको हो। पौड्याललाई बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले बालअधिकारमा क्षेत्रमा कार्यरत संस्था चाइल्ड नेपालको १८ औं साधारणसभा तथा शुभकामना आदान प्रदान समारोहको अवसरमा  सम्मान गरेका हुन्।

सम्मान ग्रहणपश्चात पौड्यालले बालबलिकाप्रति आफ्नो दायित्व अझ बढी थपिएको र आगामी दिनमा स्थानीय र प्रदेश तहमा बालश्रमिक सम्बन्धी नीति निर्माणमा योगदान गर्ने बताए। कार्यक्रममा चाइल्ड नेपालका निर्देशक मोहन दँगालले बालअधिकारका क्षेत्रमा पौड्यालले पुयाएको योगदानको कदर गर्दै सम्मान अर्पण गरेको र आगामी वर्षहरूमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए। यसअघि यो सम्मानबाट बालअधिकारकर्मी गौरी प्रधान, अगाथा थापा, विनय कसजू, नुपूर भट्ट आचार्य सम्मानित भइसकेका छन्।

 

प्रकाशित: ११ आश्विन २०७९ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App