१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आत्महत्या रोकथामको लागि विद्यार्थी पढाउँदै प्रहरी

पाटन नगरपालिका–४ को भुमेश्वर मावि, ठाँडका विद्यार्थीलाई आत्महत्या रोकथामबारे कक्षा दिँदै प्रहरी।

आत्महत्याका घटना बढ्दै गएकाले बैतडी प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सचेतना कक्षा सञ्चालन गर्न थालेको छ। 

प्रहरी चौकीबाट खटिएको टोलीले विद्यालयमै पुगेर आत्महत्या, समाजिक संजालको दुरुपयोग, लागूऔषध दुव्र्यशन लगायतका विषयमा सचेतना कक्षा सञ्चालन गर्न थालेको हो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका सबै प्रहरी चौकीबाट प्रहरी परिचालन गरी विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए।

बैतडीमा गएको आर्थिक वर्षमा ३६ जनाले आत्महत्या गरेको तथ्यांक छ भने तीन वर्ष यता बैतडीमा मात्रै १ सय ७ जनाले आत्महत्या गरेका छन्। पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले त्यसको रोकथामका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो। खास गरेर किशोरावस्थाका मानिसहरुलाई आत्महत्या रोकथामका विषयमा सचेत गर्दै विद्यार्थीमार्फत घरसम्म सचेतना फैलाउन खोजिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

सकारात्मक रुपमा जीवनयापन गर्न सक्दा आत्महत्या दर घट्न सक्ने र यसप्रकारको सचेतना कार्यक्रम प्रभावकारी भएकाले विद्यार्थीसँगै अन्य स्थानीयलाई पनि सचेत गर्न आवश्यक भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गएको साउन र भदौमा मात्रै १८ वटा विद्यालय सहित ६८ ठाउँमा कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आत्महत्या रोकथामका लागि अभिभावकहरुलाई समेत जानकारी गराउने गरिएको प्रहरी प्रवक्ता जोशीले बताए।

प्रकाशित: ११ आश्विन २०७९ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App