२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चाडपर्व लक्षित बजार अनुगमन

नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर कालिकोटको खाँडाचक्र नगरपालिकाले बजार अनुगमनलाई तीव्र दिएको छ। सोमबार दसैँ,तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी जिल्लाका बजार अनुगमन थालेको हो। जिल्ला प्रशासन कार्यालय कालिकोट,खाँडाचक्र नगरपालिका,घरेलु तथा साना उद्योग कार्यलय,उद्योग वाणिज्य संघ कालिकोटलगाएतले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ। खाँडचक्र नगरपालिकाको मान्म बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका,कलछलिगरेर बिक्रि गरिएका वस्तु,जम्मफुड,सुतिजन्य प्रर्दाथ करिब ५० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरीएको खाँडाचक्र नगरपालिकाका अधिकृति अबिराज शाहीले जानकारि दिए।  

स्थानीय प्रशासनले म्याद गुज्रेका,सडेगलेका,अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको जनाएको छ। कालिकोटका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिने प्रशासनले जनाएको छ ।

सरकारले अहिले पनि बजार अनुगमनलाई परम्परा शैलीमा खुद्रा पसलमा केन्द्रित गरेको छ। उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने,ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएपछि प्रभावकारी बन्न नसकेको स्थानीयको गाुनासाे छ।

प्रकाशित: १० आश्विन २०७९ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App