१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कामु प्रधानन्यायाधीश कार्की आजबाट बिदा हुँदै

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आजबाट बिदा हुँदैछन्। 

कायम मुकायम प्रधानन्यायाधीश कार्कीले  असोज १७ गतेदेखि ६५ वर्षको उमेरहदका कारण अवकाश पाउँदेछन्। भोलिदेखि दशैं बिदा सुरू हुने भएकाले उनलाई आजै औपचारिक बिदाइ गर्न लागेको हो।

गत फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले कायममुकायमको रुपमा सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए।कार्की २०७३ साल साउमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए। 

प्रकाशित: ९ आश्विन २०७९ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App