१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विभिन्न स्थानमा लागूऔषधसहित ७ जना पक्राउ

देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई  पक्राउ गरेको छ। 

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ३ केजी गाँजासहित भारत घर भएका ७० वर्षीय ब्रहमबाबा केवटलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। 

यसैगरी पर्साकै वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट सेतो हेरोइन ५ सय मिलिग्राम र नाइट्राभेट १२ ट्याब्लेटसहित भारत घर भएका १९ वर्षीय आशिष शर्मालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

मोरङको रंगेली नगरपालिका–९ पट्वारी टोलस्थित सडकबाट नियन्त्रित लागूऔषध हाइड्रोकलोराइड २ हजार ५ सय ट्याब्लेट र डिसिक्लोमाइन हाइड्रोक्लोराइड ५ सय ट्याब्लेट सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४१ वर्षीय सुरेश कुमार साह छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीले को २४ प ६८०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो।

सिरहाको नरहा गाउँपालिका–३ नयाँ चौहर्वा चोकबाट ५ केजी गाँजा ५ सहित गोलबजार नगरपालिका–१० धर्मपुर टोल बस्ने २६ वर्षीय अनिल मुखिया लगायत ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो सिराहा शाखा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले स ९ प ६६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित: ९ आश्विन २०७९ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App