बिहीबार दिउँसो रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ तिरखोलास्थित क्याङसि बगर नजिकै यात्रु बाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो दुर्घटनामा एक बालक, एक महिलासहित ५ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पुथाउत्तर गंगा गाउँपालिका ८ का ३५ वर्षिय पुर्ण बहादुर बुढा, भुमे गाउँपालिका ५ का २३ वर्षिय बुद्धिमान बुढा, सिस्ने गाउँपालिका ६ का ४० वर्षीया लक्ष्मी खड्का, सोहि ठाउँकि २ को वर्षीया सिजन खड्का र रामेछापका २६ वर्षीया लिला भत्त श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी प्रमुख प्रकाश डागीले दुर्घटनामा परेर १२ जना घाइते भएको जनाए। घाइते मध्य ७ जनाको अबस्था गम्भीर रहेको छ। गम्भीर घाईते ४ जनालाई सेनाको हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेज लगिएको छ। सिस्ने गाउँपालिका ६ का १९ वर्षीया निरुता थापा, ३६ लाल बहादुर खड्का, ६ बर्षिय सायमन खड्का र आठबिसकोट नगरपालिका १३ का ३५ डम्बर नेपालीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागी कोहलपुर मेडिकल कलेज लगिएको हो।
प्रहरीका अनुसार बस सडकबाट करिब एक सय मिटर तल खसेको छ। दुर्घटनास्थलमा नेपाली सेना, पहरी र स्थानियले उद्धार गरेका थिए। अन्य घाइतेहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रकाशित: ६ आश्विन २०७९ २१:३१ बिहीबार