१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'सवारीसाधन इन्जिनले चल्छन् आयूले होइन'

स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारी साधनमा लगाएको २० बर्षे आयु पुनर्विचार गर्न माग गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेश टेष्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाई २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको हो।

सार्वजनिक सवारीलाई लगाइएको २० वर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० वर्ष पुगेका सवारी साधनहरुको कागजपत्रहरु तत्काल नविकरण गर्नुपर्ने र जफत गरिएका सवारी सवारी साधनहरु तत्काल सवारी धनीहरुलाई फिर्ता गर्नुपपर्ने आफूहरुको माग रहेको संगठनका अध्यक्ष खड्ग बहादुर गिरीले जानकारी दिए। गिरीले भने,'सियो उत्पादन नहुने हाम्रो देशमा २० वर्षे सवारी विस्थापन नीतिले देशले अर्बौ रुपैया नोक्सानी व्यहोर्नु पर्ने र अर्बौं रुपैया विदेशिने विषयमा सरकार गम्भिर हुन जरुरी छ।' 

उनले भने, 'भेईकल फिटनेष्ट टेष्टको आधारमा मात्र सवारीसाधन चल्न पाउने मापदण्ड बनाई संचालन गरिनुपर्दछ र सार्वजनिक सवारी साधनलाई लगाइएको अब्यवहारिक २० वर्ष आयू तोक्ने निर्णय तत्काल खारेज गरिनुपर्दछ साथै २० वर्ष पुगेका सवारी साधनहरुको कागजपत्रहरु तत्काल नविकरण गरि जफत गरिएका सवारी साधनहरु तत्काल सवारी धनीलाई फिर्ता गरि जनताको सम्पत्ति संरक्षण गरिनुपर्दछ।' सवारीसाधन इन्जिनले चल्छन् आयूले होइन त्यसैले इञ्जीन सहि अवस्थामा रहेका सवारी साधन चल्न पाउनुपर्ने बताए।

संगठनले यस विषयमा आफूहरु छलफल गर्न तयार रहेको र समस्या समाधान नभए संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ।

प्रकाशित: ६ आश्विन २०७९ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App