खोलाले बगाउँदा दैलेखमा दुई जनाको ज्यान गएको छ। भैरवी गाउँपालिका –२ स्थित छामघाट खोला तर्ने क्रममा दुई जनाको खोलाले बगाएर ज्यान गएको हो।
खोलाले बगाउँदा मृत्यु हुनेहरुमा भैरवी गाउँपालिका –२ का ४३ वर्षीय वीरबहादुर थापा र महावु गाउँपालिका –३ का ४६ वर्षीय कृष्णबहादुर बुढा रहेका छन्। बुधवार दिउँसो वीरबहादुरले खोला तराएर पठाउने क्रममा दुवै जना बगेका थिए। थापा र बुढा सम्धी नाता पर्छन्। दुवै जनाको शव भैरवी गाउँपालिका –१ खोली बजार नजिकै झोलुगे पुल नजिक फेला परेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए।
प्रकाशित: ६ आश्विन २०७९ ११:४० बिहीबार