२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार जुवाडे पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ, ५ सय भारतीय रूपैयाँ र नखोलेको १५ थान र खोलेको १३ थान गरी जम्मा २८ थान तास सहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २ आश्विन २०७९ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App