१६ चैत्र २०८० शुक्रबार
समाज

तीन वर्षमा चार सय ५४ जनाले गरे आत्महत्या

बर्दियामा विगत तीन वर्षमा ४ सय ५४ जनाले आत्महत्या गरेको तथ्यांक छ। जिल्ला प्रहरी कार्यालय बर्दिया सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आइतबार आयोजित ‘विश्व आत्म हत्या रोकथाम दिवस’मा तीन वर्षको आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको हो। 

आव ०७६/०७७मा १ सय ४३, आव ०७७/०७८ मा १ सय ५० र आव ०७८/०७९ मा १ सय ६१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयमा रेकर्ड सुरक्षित छ। तीन वर्षको अवधिमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका १ सय १३ जनाले आत्महत्या गरेको पाईएको छ। १६ वर्ष मुनिउमेर समूहका ३०, २६ देखि ३५ वर्ष उमेर समुहका ८६ जनाले आत्महत्या गरेको देखिन्छ। त्यसैगरी ३६ देखि ४६ वर्ष उमेर समूहका ८९, ४६ देखि ६० वर्ष उमेर समुहका ८७ र ६० वर्ष भन्दा माथिका उमेर समूहका ४९ जनाले तीन वर्षमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको रेकर्डले पुष्टि गर्छ।

 जिल्ला प्रहरी कार्यालयको रेकर्ड अनुसार आत्महत्यागर्नेमामहिलाभन्दा पुरुषको संख्या बढी देखिएको छ। तीन वर्षमा आत्महत्या गर्ने ४ सय ५४ मध्ये २ सय ५३ पुरुष र २ सय १ महिला रहेका छन्। भदौ १५ गते मनाईने आत्महत्या रोकथाम दिवस विभिन्न कारणले पछि सारिएको जनाईएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App