१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

लागू औषध ओसारपसारको हब बन्दै सर्लाही

सर्लाही प्रतिबन्धित लागू औषधको हब बन्दै गएको छ। यहाँ लागू औषध ओसारपसार तथा भण्डार र खरिदबिक्रीका घटना बढिरहेका छन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियतामा निरन्तर लागू औषध कारोबार गर्ने गिरोहहरु पक्राउ परिरहेका छन्। शुक्रबार मात्र विभिन्न ठाउँबाट चार जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पक्राउ गरेका छन्।

भारत बिहारको सीतामढी जिल्लाको सोनबर्षा बजारबाट नेपालतर्फ आइरहेका धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ४ का २९ वर्षीय निगम घले र सर्लाहीकै बागमती नगरपालिका २ का ३१ वर्षीय रवि खडकालाई लागू औषधसहित शुक्रबार पक्राउ गरिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले दुवै जनालाई सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ३ झिम नदीको किनारबाट उचयखष्तजब शयmभ एम्पुल २५ थान, मगभत उबm ३३ एम्पुल, सादा नुरफिम ३३ एम्पुल गरी १०१ पिस लागू औषध बराद गरेको हो।

यसैगरी पूर्वपश्चिम लोकमार्गबाट पनि प्रहरीले लागू औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। धनुषा जिल्लाको सबैला नगरपालिका १२ का ४१ वर्षीय विनोद महरा र ४२ वर्षीय राजाराम कापरलाई लालबन्दी नगरपालिका १ लोकमार्गको लचकबाट पाँच किलोग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो। प्रदेश २–०२–००५प २२०६ नम्बरको मोटरसाइकलमा दुवै जनाले पाँच किलो गाँजा लगिरहेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी डिएसपि विजय यादवका अनुसार नियमानुसार चारै जनालाई नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।  

नेपाल भारत सीमा क्षेत्रमा पर्नेे सर्लाहीको विभिन्न नाका हुँदै लागू औषध नेपाल भित्रिने गरेको छ। सर्लाहीको विभिन्न नाकाबाट नेपालतिर लागू औषध छिराउन सजिलो हुने गरेकोले विभिन्न जिल्लाका लागू औषध कारोबारीलाई सर्लाही सजिलो भएको हो।

शुक्रबार पक्राउ परेका चार जनामध्ये तीन जना सर्लाही जिल्लाभन्दा बाहिरका छन्। यसअघि पनि सर्लाहीबाट पक्राउ पर्नेहरु अधिकांश बाहिरी जिल्लाकै हुने गरेका छन्।  

हरेक हप्ता सर्लाहीमा लागू औषधको ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्नेलाई प्रहरीले समातिरहेको छ। सर्लाही जिल्ला लागू औषध कारोबारको हब नै भइसकेकोले नियन्त्रण गर्न सम्बन्धित निकायको अझ कडा प्रतिबद्धताको खाँचो रहेको सर्लाहीका बुद्धिजीवीहरु बताउँछन्।

प्रकाशित: १ आश्विन २०७९ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App