सिरहा–सिरहा नगरपालिका–११ बाट प्रहरीले हतियारसहित दुइजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा– ९ का गणेश यादव र वडा नम्बर ११ का धनिक कामती रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।आर्थिक लेनदेनको विषय लिएर सिरहा– ११ का सत्यदेव कामतीलाई पेस्तोल देखाएर धम्काउन आएका यादव र कामतीलाई छिमेकिले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको स्थानीयले बताए। लेनदेनको विषय मिलाउन पेस्तोल निकालेर सत्यदेवको कनचटमा भिराएपछि घरका अन्य सदस्य र छिमेकी मिलेर दुवैजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । दुवैजनालाई बधद्यबार राति १० बजे प्रहरीले पक्राउ गरेको थियो।
एक थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने एक राण्ड गोलीसहित पक्राउ यादव र कामतीलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको डिएसपी कोइरालाले बताए ।
प्रकाशित: २ वैशाख २०७३ ०१:२० बिहीबार