१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१७ नक्कली डाक्टरको काउन्सिल दर्ता खारेज

काठमाडौं— नेपाल मेडिकल काउन्सिलले नक्कली प्रमाणपत्र देखाएर मेडिकल अभ्यासमा संलग्न १७ जना नक्कली डाक्टरको काउन्सिल दर्ता रद्द गरेको छ। काउन्सिल, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा उच्च माध्यमिक शिक्षा परिषदको छानवीनमा नक्कली प्रमाणपत्र भेटिएकाहरुको काउन्सिल दर्ता रद्द गरिएको हो।भारतका विभिन्न विश्वविद्यालयका नाउँमा नक्कली प्रमाणपत्र काउन्सिलमा दर्ता गरी मेडिकल अभ्यास गर्ने १७ मध्ये १६ जना तराईबासी छन्।

दर्ता खारेज हुनेहरुमा विनिता यादब विष्णुपुर–५ सिराहा, राजेन्द्रप्रसाद दास राजविराज–९ सप्तरी, रामबाबु गिरी अनारमनी–३ झापा, तुलसीकुमार महतो बैरवा–२ सप्तरी, भावना केवट मल्लाह जनकपुर–१४ धनुषा, सन्तोषकुमार यादब हतिसर्वा–५ महोत्तरी, शैलेन्द्रकुमार महतो सतोसार–६ धनुषा रहेका छन्। श्यामबाबु साह औरही–६ महोत्तरी, मो.कमरुल हक कल्याणपुर–३ सप्तरी, कल्याण विश्वास जनकपुर–१ धनुषाको पनि काउन्सिल दर्ता खारेज गरिएको छ।

यसैगरी पशुपतिप्रसाद चौधरी कटहरी–२ मोरङ, मो.अहमद सिद्धिकी लोहना–१ धनुषा, अफजल हुसैन तौलिहवा–५ कपिलवस्तु, राजिवकुमार झा मत्सरी–५ रौतहट, पृथ्वीनारायण यादब कलैया–४ बारा, सुजितकुमार श्रेष्ठ चुनीखेल–१ थानकोट तथा प्रदीपकुमार यादब जनकपुर–९ धनुषाको मेडिकल काउन्सिल दर्ता खारेज भएको छ।

दर्ता रद्द हुनेहरुमा मेडिकल काउन्सिलबाट स्थायी, अस्थायी र परीक्षण दर्ता लिएकाहरु परेका छन्। काउन्सिलको विभिन्न चरणका पूर्ण बैठकले काउन्सिलमा दर्ता रहेकाविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेका उनीहरुको दर्ता खारेज गर्ने निर्णय गरेको हो।

'अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म काउन्सिलमा स्थायी, अस्थायी दर्ता भएका चिकित्सकहरुलाई निलम्बन गर्ने निर्णय भएको हो', काउन्सिल स्रोतले भन्यो। परीक्षण दर्ता भएकाविरुद्ध पनि अदालतमा मुद्दा दायर भएकाकाले उनीहरुले काउन्सिल दर्ता प्रमाणपत्रका लागि परीक्षामा सहभागी हुन नपाउने निर्णय काउन्सिलले गरेको छ।

प्रकाशित: २४ चैत्र २०७२ २३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App