२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सुक्खा पहिरोले खुर्कोट घुर्मि सडक खण्ड अवरुद्ध

मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मि खण्डमा पहिरो पन्छाउदै ।

सुक्खा पहिरो खस्दा मध्यपहाडी राजमाग अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्गको खुर्कोट घुर्मि सडक खण्ड अन्र्तगत सिन्धुलीको गोलञ्जोर गाँउपालिका १ कुडुलेमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विमलराज कडेलका अनुसार सुक्खा पहिरो खसी राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध भएपछि पुर्वी पहाडी जिल्ला ओखलढुङगा खोटाङ भोजपुर उदयपुर लगायतका जिल्ला हुदै काठमाडाैं अवातजावत गर्ने सवारी साधनहरु बाटोमै अलपत्र परेका छन्। राजमार्गमा सुक्खा पहिरो खसेसँगै मध्यपहाडी राजमार्ग हुदै आवाजावतगर्ने सवारी अवरुद्ध भएका छन्।  

अहिले अवरुद्ध राजमार्गको पहिरो पन्छाउन प्रहरी जनप्रतिनिधि तथा स्थानिय जुटेका छन्। प्रहरी टोली पहिरो पन्छाउन पुगिसकेको र जनप्रतिनिधिहरुसँगको सहकार्यमा पहिरो पन्छाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  

बिहानैबाट पहिरो खसेको र हालसम्म माथिबाट पहिरो झर्नेक्रम नरोकिएकाले पहिरो पन्छाउन नसकेको गोलञ्जोर गाँउपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिए। 'सयौं यात्रु अलपत्र छन्, हामी पहिरो पन्छाउन निरन्तर लागि परेका छौ', उनले भने माथिबाट निरन्तर पहिरो खसिरहेकाले राजमार्ग खुलाउन सकिएको छैन।  

प्रकाशित: २२ भाद्र २०७९ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App