४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मान्म बजारको फोहोर जति जङ्गलमा,खानेपानी मुहान समेत दुषित

फोहोर जति जङ्गलमा तस्विर: ललित /कालिकोट

फोहोर फाल्ने व्यवस्थित ठाउँ नहुँदा खाँडाचक्र नगरपालिकाले मान्म बजारको फोहोर जति खोला र जङ्गलमा फाल्दै आएको छ।

अहिले मान्म बजार क्षेत्रको  फोहोर फाल्ने ठाउँ ओक्डेनि खोला बनेको छ। विगत पाँच वर्षदेखि कालिकोटको मान्म बजारको फोहोर रोटेपानी जङ्गल हँुदै ओक्डेनि खोलामा थुपाने काम भईरहेको स्थानीयले बताएका छन्।

बजार क्षेत्रको अधिकांश फोहोर ओक्डेनि क्षेत्रमा फाल्नाले सियालाका स्थानीयको खानेपानी मुहान समेत दुषित हुनुका साथै स्थानीयलालाई दुर्गन्धले आवत–जावत गर्न समेत समस्या हुने गरेको स्थानीयले बताएका छन्।  

खाँडाचक्र नगरपालिकाका हिक्मतजंग मल्लले कुनै बेला स्वच्छ हावापानी हुने रोटेपानी जङ्गल र ओक्डेनि खोलामा विभिन्न पेयपदार्थका बोतल र प्लास्टिक मात्र देखिन थालेको बताए। ‘खुला दिसापिसाब मुक्त जिल्ला भइसके पछि खोलामा दिसापिसाब देखिन छोड्यो तर बजारबाट निस्किएको फोहोर र मदिराका बोतलको थुप्रो मात्र देखिन्छ।’ उनले भने, ‘बजारबाट निस्किएको फोहोर नजिकै ओक्डेनि खोलामा थुपारेको देखिन्छ।

खाँडाचक्रको (सियाला)को बस्ति खानेपानी प्रदुषणको सिकार बन्दै आएको छ। बाताबरण प्रभाव मुल्यांकन नगरि अव्यवस्थित फोहोर फाल्नुले पर्यावरण असन्तुलन हुँदैछ गएकको छ। फोहोर ब्यवस्थापनको दीर्घकालीन उपाय खोज्न जरुरी छ।’

सामुदायिक वन र स्थानीयहरुसँग कुनै कुरा नगरि रोटेपानीको जङ्गलहुदै ओक्डेनि खोलालाई डम्पिङ साइटकालागि प्रयोग गरिदै आएको स्थानीय किशोर आचार्याले बताए । नगरपालिकाले डम्पिङ साइटको व्यवस्था नगर्दा  बजारको फोहोर जङ्गलमा फालिएको छ।

खाँडाचक्र नगरपालिकाले डम्पिङ साइट निर्माणका लागि रोटेपानीकामा ३३ लाख खर्च गरिसकेको छ। उचित ठाउँ नपाउँदा नगरभित्रको फोहोर व्यवस्थापनमा चुनौती देखिदै गएको छ। डम्पिङ साइट  निर्माण भए पनि व्यवस्थित नहुदा फोहोर फाल्न समस्या हुने गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले फोहर व्यवस्थापन केन्द्रको अभावमा मान्म बजारबाट सङ्कलन हुने फोहर सडक छेउमा थन्क्याउने गरेको छ ।

खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीका अनुसार डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा चुनौती थपिदै आएको बताए । उनले नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको तर प्रयोगमा नरहेको बताए।  उनले भने ‘अबको केही महिनामा मान्म बजारको फोहोरलाई ओक्डेनिको जङ्गलमा नफाल्ने गरि व्यवस्थापन गछौं। अहिले हामिलाई चुनौती थपिएको छ।’ 

प्रकाशित: २१ भाद्र २०७९ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App