१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अभिनेता शाहलाई साढे २ वर्ष कैद सजाय,पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश

अभिनेता  पूर्णविक्रम शाह (पल) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन्। जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो।

यद्यपी शाहले बलात्कार आरोपबाट सफाइ पाए पनि बाल यौन दुराचारमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र नाबालिग गायिकालाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको नवलपुर अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।

जिल्ला अदालत नवलपुरमा मंगलबार पीडित नाबालिगका तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए भने पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका थिए।  

शाहले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए।  

प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए।

प्रकाशित: २१ भाद्र २०७९ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App