४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। अदालतमा दुई न्यायाधीशको पद रिक्त रहेकाे र एक महिनापछि रिक्त हुने पदका लागि पनि हाल तीनजनाको नाम सिफारिस गरिएको हो।

न्याय परिषद्का अनुसार उच्च अदालतको मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस गरेको हो।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन्। उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको हो।

प्रकाशित: २१ भाद्र २०७९ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App