१६ चैत्र २०८० शुक्रबार
समाज

कांग्रेसका महामन्त्री राठोरले गरे अस्थाई प्रहरी चौकी उद्घाटन

प्रहरी चौकी उद्घाटन कार्यक्रममा उपस्थित सह–महामन्त्री राठोर र राजापुर नगरपालिकाका नगर प्रमुख थारु सहित अन्य अतिथि। तस्बिर÷नागरिक

स्थानीयले माग गरेको लामो समयको प्रयास पछि राजापुर नगरपालिका–२ बालाबजारमा अस्थाई चौकी उद्घाटन गरिएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री किशोर राठोर ,महासमिति सदस्य जन्मजय तिमिल्सेना,नगर प्रमुख दिपेश थारु र सुरक्षा समितिको  पहलमा  राजापुर र गेरुवा गाउँपालिकाकोबीच भागमा पर्ने उक्त बजारमा प्रहरी चौकी स्थापना गरिएको हो।  

स्थानीयले माग गरेको प्रहरी चौकीको बिधिवत रुपमा उद्घाटन नेपाली काग्रेसका सह महामन्त्री राठोरले गरेका छन्। अस्थाई प्रहरी चौकीले राजापुर नगरपालिकाका तीन वटा वडा हेर्ने गरी स्थापना गरिएको छ। पछिल्लो समय बालाबजारमा बजार विस्तार भएसँगै स्थानीयले शान्ती सुरक्षाका लागि प्रहरी चौकी स्थापना हुनु पर्ने माग गरेका थिए। विकासको क्रमसँगै शान्ती सुरक्षाको अपरिहार्य औल्याएका स्थानीयले चौकी स्थापना पछि खुसी भएका छन्। कार्यक्रममा बक्ताहरुले स्थाई प्रहरी चौकीका लागि सबै तह तप्कालाई पहल गर्न अनुरोध गरेका छन्। चुनाव नजिकिएसँगै प्रहरीको पहुचले शान्ती सुरक्षा अमन चयन कायम राख्न रोलमोडलको रुपमा काम गर्ने बिश्वास स्थानीयले लिएका छन्। 

प्रहरी सहायक निरीक्षकको कमाण्ड सुरक्षाकर्मीले त्यस क्षेत्रको शान्ती सुरक्षाको जिम्मा लिने गरि चौकी स्थापना गरिएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताए। कार्यक्रममा बिकासको क्रमसँगै शान्ती सुरक्षाको मेरुदण्डको रुपमा रहेको प्रहरी संगठनको उपस्थितिले स्थानीय लाभान्वित हुने बिश्वास  राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले व्यक्त गरे। कार्यक्रममा काग्रेसका महासमिति सदस्य जन्मजय तिमिल्सेना,प्रमुख जिल्ला अधिकारीले बन्धु प्रसाद वास्तोलाले मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १९ भाद्र २०७९ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App