७ वैशाख २०८१ शुक्रबार
समाज

बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार मुद्दा

बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित जनप्रतिनिधि र कर्मचारी गरी पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतामा ढुङ्गा, गिट्टी तथा बालुवाको टेन्डर गर्दा सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोप लगाएको छ।  

गण्डकी प्रदेशको कानून् बमोजिम तोकिएको दर भन्दा कम दरमा कर उठाएर सरकारलाई हानी नोक्सानी पुर्‍याएको ठहर गर्दै पूर्व नगर–उप प्रमुख सुरेन्द्र खड्का, तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवी उपाध्याय र तत्कालिन राजश्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

गण्डकी प्रदेश सरकारले तोकेको भन्दा कम दरमा राजस्व संकलन गरी गिट्टी बालुवाको ठेक्का लगाई नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्‍याएको ठहर भएकाले उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। उनीहरु पाँचै जनाविरुद्ध बिगोको दोब्बर हुनेगरी प्रतिव्यक्ति  ३४ लाख ८० हजार एक सय ३२ रुपैयाँ जरिवाना माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

प्रकाशित: १९ भाद्र २०७९ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App