३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बारामा डाँका समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

१३ जना डाँकामध्ये दुई जना दुई थान हतियारसहति पक्राउ

बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग मध्यराति प्रहरीको भिडन्त भएको हो।

डाँका समूहले प्रहरीलाई लक्षित गरी फायर गर्दा गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीले बताए। प्रहरी घटनास्थलबाट दुई थान हतियारसहित डाँका समूहका दुई जनालाई पक्राउ गरेको एसपी बोगटीले जानकारी दिए।

‘मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न खोजेका थिए, समयमै प्रहरी पुगेर रोक्न खोज्दा गोली हानाहान भयो’ उनले भने, ‘दुई जना डाकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं। दिउँसो २ बजे विस्तृत जानकारीसहित पत्रकार सम्मेलन गर्दैछौं।’

सघन भिडन्तको क्रममा डाँका समूले रड प्रहार गरी बरिष्ट सई कलमबहादुर शाही घाईते भएका छन्। उनको वीरगन्ज अस्पतालमा उपचार भैरहेको एसपी बोगटीले बताए।  

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुई जना बारा सिमराका जयराम पासवान र जबाहर महतो छन्।

प्रकाशित: १९ भाद्र २०७९ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App