coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एकै रात दुई सामूहिक बलात्कार

फाइल तस्बिर

विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा बिहीबार राति सामूहिक बलात्कारका २ वटा घटना भएका छन्। विराटनगरमा युवती र जहदामा महिला सामूहिक बलात्कारमा परेका हुन्।

विराटनगर–१४ जतुवास्थित नहरमा ५ जनाको समूहले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। ‘राति साढे ९ बजेतिर साथीको जन्मदिन मनाएर केटा साथीसँग घर फर्कंंदै गरेका केही युवाको समूहले बाटो छेकेर नियन्त्रणमा लिएछन्,’ डिएसपी श्रेष्ठले भने, ‘युवाको समूहले केटालाई कुटपिट गर्दै खेदाएर युवतीलाई कब्जामा लिई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’  

पीडितको केटा साथी भाग्दै नजिकैको गाउँमा पुगेर होहल्ला गरेपछि स्थानीय आउँदै गरेको देखेर बलात्कारमा संलग्न युवा युवतीलाई छाडेर फरार भएको प्रहरीले जनाएको छ। युवा समूहको कुटपिटबाट चोटपटक लागेका युवा र पीडित युवतीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।  

पीडित युवतीको किटानी जाहेरीका आधारमा विराटनगर–४ इक्राहीका २९ वर्षीय सन्तोष मण्डललाई शुक्रबार पक्राउ गरिएको थियो। घटनामा संलग्न भनिएका अन्य फरार भएका र उनीहरूको खोजी तीव्र पारिएको तथा घटनाको अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।  

त्यस्तै, जहदा गाउँपालिका–७ मा बिहीबार राति १० बजेतिर ३५ वर्षीया महिलालाई दुई युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। आफ्नै घरमा सुतिरहेकी महिलालाई चिनजानकै युवाले काम छ भन्दै बोलाएर घरनजिकै खेतमा लगेर बलात्कार गरेको डिएसपी श्रेष्ठले बताए।  

महिलाको मुख थुनेर पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि घर आएकी महिलाले पतिलाई सुनाएकी थिइन्। शुक्रबार प्रहरीमा घटनाको जानकारी गराएका थिए। पीडितले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले बलात्कारमा संलग्न जहदा–७ का २५ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरी अनुसन्धान थालेको छ। घटनापछि भारत भाग्न लाग्दा दुवै जनालाई नियन्त्रणमा लिएको र उनीहविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७९ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App