१५ चैत्र २०८० बिहीबार
समाज

मधेसमा तस्करीको डरलाग्दो रुपः रोक्न खोज्दा मदिरा तस्करले किचेर मारे भारतीय सशस्त्र प्रहरी

मदिराले भरिएको गाडी रोक्ने क्रममा तस्करले गाडीले किचेर हत्या गरिएका भरतीय सशस्त्र सीमा बलका हेड कन्सटेबल देवराज शर्मालाई १८ औं सशस्त्र प्रहरी बल मुख्यालय राजनगरमा सहिदको सम्मान दिँदै। तस्बिर सौजन्यः एसएसवी

सोमबार राती करिब १० बजे सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कार्पियो जीप तीव्र गतिमा पारी जोगिया हुँदै जयनगरतर्फ जाँदै थियो। भारतको मधुवती जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिराले भरिएको उक्त जीपलाई भारतीय सशस्त्र सीमा बलका हेड कन्सटेबल देवराज शर्माले रोक्न खोजे।

तीव्र गतिको सो जीप शर्मालाई किचेर भाग्यो। रगतले लतपत शर्मालाई उपचारका लागि जयनगर अस्प्ताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शर्मा मधुबनी जिल्लाको राजनगर राज कम्प्लेक्समा रहेको १८ औं बाहिणी मुख्यालय राजनगर अन्तर्गत आराहा बिओपीमा हेड कन्सटेबल पद्मा कार्यरत्त थिए।

‘मदिराले भरिएको जीप यहीबाट जोगियातर्फ गएको थियो’ लगडिगोठका एक स्थानीयले भने, ‘भारतीय सशस्त्र सीमा बलका प्रहरीलाई किचेर भागेकाहरु यसै गाउँमा लुकेका छन्।’ ‘यताका सशस्त्र र नेपाली प्रहरी सबै मिलेर यो धन्दा चलिरहेको छ। हामी बोल्यो भने ज्यानको जोखिम छ उनले भने, ‘हामी मात्र होइन्, सीमाञ्चलका अधिकांश मानिस तस्करको डरले थरथर काप्छन्।’

उनलाई मदिराले भरिएको स्कार्पियो जिपले नेपाल–भारत सीमाको जोगिया बस्ती नजिकै किचेर भागेको थियो। घटना लगत्तै सशस्त्र सीमा बल १८ औं बाहिणी मुख्यालयका कमाण्डेन्ट अरविन्द वर्मा घटनामा संलग्न जीप र मदिरा तस्करको खोजीमा सक्रिय भएका छन्।

नेपालबाट जिपमा ठूलो परिमाणमा मदिरा आइरहेको सूचना पाएपछि हेड कन्सटेबल शर्मासहित दुई जना ड्युटीमा खटिएका थिए। यो घटनापछि वारिपारि खलबलि मचेको छ। जोगिया र लगडिगोठका स्थानीय डराएका छन्। ‘मदिराले भरिएको जीप यहीबाट जोगियातर्फ गएको थियो’ लगडिगोठका एक स्थानीयले भने, ‘भारतीय सशस्त्र सीमा बलका प्रहरीलाई किचेर भागेकाहरु यसै गाउँमा लुकेका छन्।’

लगडिगोठ पहिलादेखि नै मदिरा तस्करको अखडाको रुपमा चिनिएको छ। सिरहाको माडरबाट मदिरा ल्याएर यहाँ भण्डारण गर्ने र रात परेपछि पारि तस्करी गर्ने धन्दा यहाँको लागि नौलो होइन। यस गाउँका केही मानिस यही धन्दामा लागेका छन्। बाँकी डराएर चुपचाप बसेका छन्। भारतीय शसस्त्र सीमा बलका हेड कन्सटेबललाई किचेर मार्नेसम्मको आट भएका मदिरा तस्करका खिलाफ हामी बोल्ने हिम्मत गर्न सक्छौं एक जेष्ठ नागरिकले भने, ‘यताका सशस्त्र र नेपाली प्रहरी सबै मिलेर यो धन्दा चलिरहेको छ। हामी बोल्यो भने ज्यानको जोखिम छ उनले भने, ‘हामी मात्र होइन्, सीमाञ्चलका अधिकांश मानिस तस्करको डरले थरथर काप्छन्।’

लगडिगोठ नाका मदिरा तस्करीको मुख्य केन्द्र बनेकोले यहाँका मानिस बढ्ता जोखिममा छन्। भारतको बिहार सरकारले मदिरा निषेध गरेदेखि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्‍याउँदै आएका छन्। नेपालका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गर्ने र अनुकुल समयमा सीमा पारी भारतीय सहर पुर्‍याउने धन्दा पछिलो समय मधेस प्रदेशको आठ वटै जिल्लाको सीमा नाकामा मौलाएको छ।

आँखै अगाडि मदिराको तस्करी धन्दा हेर्दाहेर्दै आजित भैसकेका सिरहा नगरपालिका –२१ लगडीगोठका वडा अध्यक्ष सरेन्द्र मण्डल भन्छन्, ‘मदिरा तस्करीको धन्दा फस्टाएसँगै लगडीगोठ गाउँका नागरिक आफुलाई असुरक्षित अनुभूती गर्न थालेका छन्। 

सिरहाको सीमावर्ती माडर बजारमा उद्योगबाट सिल भएर आएको कार्टुनबाट मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर साइकलमार्फत सीमावर्ती लगडीगोठ पुर्‍याइन्छ । यहाँ मदिरा भण्डारण गरी पारी ड्युटीमा रहेका एसएसबीहरुको ड्युटी परिवर्तणको क्रममा ब्यारेक फर्केपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारी पुर्‍याइन्छ।

आँखै अगाडि मदिराको तस्करी धन्दा हेर्दाहेर्दै आजित भैसकेका सिरहा नगरपालिका –२१ लगडीगोठका वडा अध्यक्ष सरेन्द्र मण्डल भन्छन्, ‘मदिरा तस्करीको धन्दा फस्टाएसँगै लगडीगोठ गाउँका नागरिक आफुलाई असुरक्षित अनुभूती गर्न थालेका छन्। यो धन्दा नियन्त्रण गरिदिन सुरक्षा अधिकारी र प्रमुखलाई आग्रह गरेर दिक्क भैसकेको उनी बताउँछन्। मदिरा तस्करले भारतीय सशस्त्र सीमा बललाई गाडीले किचेर मारेपछि यस नाकाबाट मदिरा पारी तस्करी भएको छैन।

माडरका मदिरा व्यपारिले पारी मदिरा पठाउन बन्द गरेपछि मंगलबारबाट यो नाकाबाट मदिरा तस्करी रोकिएको स्थानीयले बताए। जिल्लाको सुरक्षा प्रमुखलाई घटनाक्रम जानकारी गराउँदा पनि वास्ता भएन। नम्बर प्लेटनै नभएको मोटरसाइकल, जीप चढेर पारीबाट आउनेहरुका कारण यहाँका जनता असुरक्षित महसुस गर्दै छन्। प्रहरी प्रमुखले बेवास्ता गरेपछि हामी अझ असुरक्षित महसुस गरिरहेका छौं, स्थानीय भन्छन्।

तस्करीको भूस्वर्ग

भारतीय शहर जयनगर अन्तर्गतका प्रहरी र सशस्त्र सीमा बलले मदिरा र मदिरासहित मानिस पक्राउ गरेको घटना यस क्षेत्रका मानिसका लागि समान्य खबर भैसकेको छ। कारण मदिरासहित धेरै मानिस पक्राउ परेका छन्। धेरै अझै थुनामा सजाय भोग्दै छन्। तर, मदिरा तस्करले गाडीले किचेर भारतीय सशस्त्र प्रहरीलाई मारेको घटनाले यस क्षेत्रका स्थानीयलाई डराइदिएको छ।

सिरहाको माड्र, लगडिगोठ, बुधौरा, ठाढी, अभयनगर, कुसण्डी, झाझपट्टी, नरगी, बरियारपट्टी नाका मदिरा तस्करका लागि भूःस्वर्ग हो। यी नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ। वारीका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गरेर अनुकूल समयमा सीमा पारी भारतीय शहर पुर्‍याउन वारिपारिका तस्करको संगठित सञ्जाल छ।

दिउँसै सिरहाको माडर, कुसण्डी, अभयनगर, बरियारपट्टी बजारमा मदिराको सकली कार्टुन (मदिरा उद्योगबाट सिल भएर आएको) फ्याँकेर मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा प्याक गरिन्छ। पारी ड्यूटीमा रहेका एसएसवीहरू ओझेल परेपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारी पुर्‍याइन्छ।

सिरहाको सीमावर्ती क्षेत्रबाट भारततर्फ खुलेआम मदिरा तस्करी हुँदै आए पनि चेकजाँचका लागि सीमा क्षेत्रमा उपस्थित सशस्त्र र नेपाल प्रहरी देखेर पनि नदेखेझैं गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय माडरभन्दा पाँच सय मिटर पूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टि खुला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरेर बोरामा भरिररहेको दृश्य यहाँका लागि समान्य हो।

यता, मधेस प्रदेश प्रहरी प्रमुख (डिआजी) मसुद आलम खाँले सीमा नाकामा कडाइ गर्न भनेको छुँ भन्दै पन्छिए। दुबै सुरक्षा अंगका प्रमुख मधेस पुगेर फर्केपनि तस्करी नियन्त्रणमा कुनै प्रभावकारी कदम अहिलेसम्म चालिएको छैन।

दर्जनाैं साइकल अनि भारतीय नम्बरका मोटरसाइकलबाट घेरिएको यो ठाउँमा बोरामा भरिने मदिराको कार्टुन साइकलमा राखेर सिधै सीमावर्ती लगडीगोठ पुग्छ। यहाँबाट नेपाली र भारतीय व्यापारीले भारतीय बजार जोगिया पुर्‍याउँछ। जोगियाबाट जयनगर हुँदै बिहारका अन्य गाउँशहरमा पुर्‍याइन्छ, नेपाली मदिरा। मदिरा ओसारपसारमा साइकल, नम्बर प्लेट नै नभएको भारतीय मोटरसाइकल र जीप प्रयोग हुन्छ।

लगडीगोठका एक जेष्ठ नागरिकका अनुसार माडर बजारबाट यहाँसम्म साइकलमा एक बोरा मदिरा ल्याए वापत १२० रुपैयाँ पाउँछन्। एक खेपमा यति धेरै रुपैयाँ पाएपछि यस भेगका धेरै युवा मदिरा ढुवानीमा लागेका छन्। मदिरा तस्करी बढेपछि अहिले सिरहाको सीमावर्ती क्षेत्रमा मदिराका पसल थपिँदै गएका छन् भने कारोबारमा समेत बढेको पाइएको छ। कतिपय मदिरा पसलेहरूले नै तस्करहरू राख्ने गरेको कुसण्डीका स्थानीयहरू बताउँछन्।

यता सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने सीमामा मदिरा कुनै प्रकारको मदिरा तस्करी नभएको दाबी गर्छन्। सशस्त्र प्रहरीको मधेस प्रदेश मुख्यालय छिन्नमस्ता बाहिणीका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले मधेस प्रदेशको कुनै पनि नाकाबाट मदिरा तस्करी नभएको दाबीलाई सोमबार जोगियामा भएको घटनाले लगत सावित गरिदिएको छ। यता, मधेस प्रदेश प्रहरी प्रमुख (डिआजी) मसुद आलम खाँले सीमा नाकामा कडाइ गर्न भनेको छुँ भन्दै पन्छिए।

सिरहा प्रहरी प्रमुख (एसपी) अर्जुन तिमिल्सिनाले जिल्लाको सीमा नाकाबाट भैरहेको मदिरा तस्करीलाई ठाडै अस्विर गर्दै आएका थिए। तर, सोमबार सिरहाको माडर हुँदै लगडिगोठ हुँदै पारि जोगिया पुगेको मदिरा बोकेको जिपले भारती सशस्त्र प्रहरीलाई किचेर मारेको घटनापछि उनी मदिरा तस्करीको घटना स्वीकार्न बाध्य भएका छन्।

इलाका प्रहरी कार्यालय माडर, सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट माडर, प्रहरीको चेकपोस्ट, चौकी र इलाका कार्यालय पार गर्दै मदिरा बोकेको साइकल, मोटरसाइकल र जीप सहरदेखि सीमा पार हुँदा पनि मौन बस्नुले सुरक्षा प्रमुखको मिलेमतो प्रष्ट हुन्छ, माडरका एक स्थानीयले भने।

मदिरा तस्करहरूलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सशस्त्र सीमा सुरक्षा बलसँग मात्र त्रास छ। त्यसैले सीमावारी बसेर मदिरा तस्करहरू पारिका एसएवी कतिबेला खाली हुने हो मौकाको तलासमा हुन्छन्। नेपाल प्रहरीका प्रमुख आइजिपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख आइजिपी राजु अर्याल अमेरिका जानुअघि मधेस प्रदेश पुगेर प्रदेश र जिल्लाका सुरक्षा प्रमुखसित अन्तरक्रिया गरेका थिए। दुबै सुरक्षा अंगका प्रमुख मधेस पुगेर फर्केपनि तस्करी नियन्त्रणमा कुनै प्रभावकारी कदम अहिलेसम्म चालिएको छैन।

प्रकाशित: १६ भाद्र २०७९ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App