१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता

तीज पर्वको पञ्चमी व्रत लिनका लागि बिहीबार सुनसरी बराहक्षेत्रको नुहाउने क्रममा एक बालिका बेपत्ता भएकी छन्।  

बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ का डिकबहादर खड्काको १४ वर्षे छोरी बेपत्ता भएकी हुन्। बिहान ७.३० भएको घटनापछि अहिले बेपत्ता बालिकाको खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका छन्। तर, बेपत्ता बालिका फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनायो। घटना भएको दुई घण्टापछि मात्र प्रहरीलाई सूचना पुगेकाले गर्दा पनि फेला पार्न कठिन भएको प्रहरीले जनायो।  

चार जना डुबेकोमा तत्काल तीन जना उद्दार भने अन्य नुहाउन गएकाले उद्दार गरेका थिए। उद्दार गरिएकामध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्षे शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।  

नुहाउँने क्रममा डुबेका वराहक्षेत्र वडा नं. ३ कै २३ सोनु खडका र  १४ वर्षे इसा खड्काको अवस्था भने सामान्य रहेको छ। उनीहरु उपचारपछि घर फर्केका छन्।  

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तर्षिहरुको पूजा आराधना गर्दा हिन्दु धर्मावलम्वी महिलाहरुले ब्रत बस्ने गर्छन्। जसका लागि नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने चलन छ। त्यही चलन अनुसार नहरमा नुहाउँन जादा डुबेका हुन्।

प्रकाशित: १६ भाद्र २०७९ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App