६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

तीज डान्स आईडलको उपाधि फफुरीलाई

कपिलवस्तुको चन्द्रौटामा संपन्न प्रथम तीज महोत्सव अन्र्गत तीज डान्स आईडलको उपाधि फफुरी इङलिस वोर्डिङले हाता पारेको छ। 

१० सुमहलाई पाखा लगाउदै  तिज महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको आईडल फफुरीले.जितेको हो। भदौ २ गते देखि भदौ १४ गते सम्म चलेको महोत्सवमा मंगलवार राति अबेर परिणाम सार्बजनिक भएको महोत्सवका संयोजक चिन्ता परियाले बताए

जितसंगै फफुरीले ५१ हजार १११ नगद पुरस्कार पाएको छ। त्यस्तै तिज महोत्सवको आईडलमा मेनुका शिरिषको समुह दोस्रो, लक्ष्मी बेल्बासे तेस्रो र हिमा जि एमले चौथो  स्थान प्राप्त गरेका छन। क्रमश दोस्रो र तेस्रोले २१ हजार १११ र ११ हजार १११ पाएका छन।

 प्रतियोगीतमा ६० प्रतिशत दर्शकले दिएको भोट र ४० प्रतिशत निर्णयले दिएको नम्बरका आधारमा सो निर्णय गरिएको महोत्सव आयोजक छमछमि इन्टरटेमेन्ट प्रालिका प्रमुख सुमन पौडेलले बताए।

 यस्तै महोत्सवमा मंगलाव साझ संपन्न तीज गीत प्रतियोगीता आवर मदरल्यान्ड बोर्डिङ स्कुलले जितेको छ। जितसंगै उसले ३१  हजार नगद प्राप्त गरेको छ। प्रतियोगीतामा दोश्रो सिद्धार्थ क्याम्पस बुङ्ची र तेश्रो सुनील बराइलीको समुह भएको छ।

 द्धितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगद प्रदान गरिएको थियो। बिजेता टोलीलाई शिवराज नगरपालिकाका मेयर अजय थापा क्षेत्रीले उपाधी र नगद हस्तान्तरण गरेका थिए। सो अवसरमा मेयर थापाले मौलिक तीज गीतको संबद्र्धन र विकास नर्ग महोत्सवले मद्दत गरेको बताए। महोत्सवमा सांसद अभिषेक प्रताप शाह, प्रदेश सदस्य अर्जुन केसी, चन्द्रौटा उदोग बाणिज्य संधका अध्यक्ष ईश्वरी पौडेल समाजसेबी महादेव पोख्रेल लगायतको सहभागीता थियो। 

प्रकाशित: १५ भाद्र २०७९ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App