२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

अनधिकृत संरचना हटाउन निर्देशन

फाइल तस्बिर

वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ।

वडाध्यक्ष विनोदसिं विष्टले मंगलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएकाे हो।

सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ। वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताए।  

उनका अनुसार गत जेठ २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने उल्लेख छ।

 वीरेन्द्रनगर–३ मा सडक, खोला अतिक्रमणको समस्या बढी छ। खोर्केखोलाको क्षेत्र मिचेर घर निर्माण गरिरहेकाले वर्षात्मा बाढी र कटानको समस्या देखिएको छ। रासस

प्रकाशित: १५ भाद्र २०७९ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App