२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङले रौतहटमा ३ महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा तिन महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तिन जना महिलाको मृत्यु भएको हो।  

स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न गएका महिलामाथि मंगलवार बिहान करिब साढे सात बजे चट्याङ लागेको हो। चट्याङ लागेर गम्भीर घाइते भएपछि महिलाहरुलाई उपचारको लागि गरुडास्थित सिटी हस्पिटलमा पुर्‍याइएको थियो।

उपचारकै क्रममा गरुडा नगरपालिका ३ मलाहीगाउँका रुपनारायण सहनीकी श्रीमती ३९ वर्षकी सुदमिया देवी, निजकै छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय सत्यनारायण सहनीकी १८ वर्षीया छोरी मनिषा कुमारीको मृत्यु भएको छ।  

चट्याङ लागेर सत्य नारायण सहनीकी श्रीमती ४० वर्षकी सहेली देवी घाइते भएकी छन्। घाइते सहेली देवीको उपचार सिटी हस्पिटलमा भइरहेको छ। घाइतेको अवस्था मध्यम खालेको रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: १४ भाद्र २०७९ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App