७ वैशाख २०८१ शुक्रबार
समाज

महानगरभित्र खानाको गुणस्तर जाँच्न फुड निरिक्षक राख्ने प्रस्ताव

फाइल तस्बिर

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकामा फुड निरिक्षक नियुक्त गर्ने प्रस्ताव गरेका छन्।  महानगरको आठौं कार्यपालिका बैठकमा उनले यो प्रस्ताव राखेका हुन।

उनले महानगरपालिकाभित्रका रेष्टुरेन्ट, होटल, तरकारी र मासुपसलगायतकाे गुणस्तर निरिक्षण गर्ने उद्देश्यले नियुक्ती गर्ने प्रस्ताव अघि सारेका हुन्।  

शाहले खानाको गुणस्तर निरिक्षण गर्ने उद्देश्यले फुड टेक्नोलोजिष्ट नियुक्त गर्न प्रस्ताव गरेको हुन। उनका अनुसार ४ देखि ५ जनासम्म यस्ता प्राविधिक नियुक्त गरिनेछ। ती प्राविधिकले महानगरभित्रका खानाको स्तर परिक्षण गर्नेछन्।

प्रकाशित: १२ भाद्र २०७९ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App