१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कर्णाली राजमार्ग ३६ घण्टा बन्दः पक्की पुलको क्षमता जाँच गरिँदै

कर्णाली राजमार्ग ३६ घण्टा बन्द भएको छ। राजमार्गका दुई ठाउँमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि बन्द गरिएको हो।

कर्णाली राजमार्ग अन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालिकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गरिने भएको छ। सडक डिभिजन कार्यालय जुम्लाको पत्र अनुसार घट्टेखोलामा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि आज बिहान ६ बजेदेखि बन्द गरिएको छ।

राजमार्गको दुवैतर्फको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए। कर्णाली राजमार्ग बन्द रहने विषयमा जिल्ला प्रशासन कार्यालय कालिकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी गराएको पनि उनले बताए।

सडक डिभिजन कार्यालय,जुम्लाले अनिवार्य पुलको टेस्टिङ गर्नुपर्ने भनेको हुदा कर्णाली राजमार्ग  बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।

प्रकाशित: ७ भाद्र २०७९ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App