६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कर्मचारीमैत्री निजामती सेवा ऐन ल्याउन कर्मचारीको माग,सिंहदरबार गेटमा बाँडियो पर्चा

कर्मचारीमैत्री निजामती सेवा ऐन ल्याउन माग गर्दै कर्मचारीहरुले आज  सिंहदरबार प्रवेश गर्ने गेटमा पर्चा वितरण गरेका छन् ।

ट्रेड युनियनहरुले उठाउँदै आएका मागहरू समावेश गरी संघीय संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा जारी गर्न माग गर्दै दबाब स्वरूप कर्मचारीहरुले कार्यालय समयमा सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण गेटमा पर्चा  वितरण  गरेका हुन्।

नेपाल निजामती कर्मचारी युनियन,नेपाल निजामती कर्मचारी संगठन,राष्ट्रिय कर्मचारी संगठन (निजामती),एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले संयुक्त रुपमा ट्रेड युनियन संजालको ब्यानरमा आन्दोलका कार्यक्रमहरु गर्दै आएका छन्।  

कर्मचारीहरुले सिंहदरबार प्रवेश गर्ने उच्च अधिकारीहरु, कर्मचारी, सर्वसाधरणहरुलाई पर्चा बाँडेका थिए।उक्त संजालका अनुसार भाेलिदेखि ६ गते देखि १७ गते सम्म सबै कार्यालयहरुमा  कर्मचारीकाे मागहरु लेखिएको कालो ब्यानर राख्ने र कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने भएका छन्।  पर्चामा आफ्नो खाइपाइ आएको सुविधा समेत खोसिएको भन्दै गुनासो गरेका छन् ।

संयुक्त ट्रेड युनियन सञ्जालले  बाँडेको पर्चामा यस्तो छ:

 

प्रकाशित: ५ भाद्र २०७९ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App