९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

झुण्डिएको अवस्थामा युवायुवती मृत फेला

एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।  

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ। मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०७९ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App