४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

गाँजा फडानीमा प्रहरी

बैतडी प्रहरीले गाँजा फडानी अभियान सुरु गरेको छ। विभिन्न ठाउँमा आँफै उम्रेको र केही ठाउँमा स्थानीयले लगाएको गाँजाका बोटहरु नष्ट गर्न थालिएको प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए।

लागू औषध नियन्त्रण तथा रोकथाम कार्यक्रम अन्तर्गत गाँजा नष्ट गर्न थालिएको हो। लागू औषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान सुरु गरिएको उनले बताए। गाँजा फडानीको लागि जिल्लाका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइएको छ।  जिल्लाको सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा आँफै उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरु समेतको सहभागितामा गाँजा फडानी अभियान सुरु भएको डिएसपी शाहीले बताए।

प्रकाशित: ३ भाद्र २०७९ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App