१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दार्चुलामा जीप दुर्घटना: पाँच जनाको ज्यान गएसँगै घाइतेको संख्या नौ पुग्यो (अपडेट)

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा दुर्घटना भएको जीप।

दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आउँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ भने घाइते हुनेको संख्या ९ जना पुगेको प्रहरीले जनाएको छ।

घाइतेहरुको उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। प्रहरीका अुनसार मृतक एक महिलासहित पाँच जना रहेको र पाँचै जना बझाङ्ग को बुङ्गल नगरपालिका वडा नम्बर ८ का रहेका छन्।

मृत्यु हुनेमा बुङ्गल नगरपालिका वडा नम्बर ८ का पुने बोहरा, चम्पा बोहरा, हिम्कत जागरी, रैभान बोहरा र उज्वल बोहरा रहेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ६ उल्लानीमा बुधबार साझ भएको जिप दुर्घटनाले दार्चुला जिल्ला शोकमा डुबेको छ। मृतकको दुर्घटनामै घाइते भएका बझाङ्ग को बुङ्गल नगरपालिका वडा नम्बर ८ का वर्ष ६८ धनबहादुर जागरी सहयात्री आधारमा प्रारम्भिक सानाखत गरिएको प्रहरीले जनाएको छ।

उक्त जिप दुर्घटनामा परी घाइतेहरुको सानाखत भइसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ३ बस्ने वर्ष ५० कि गोमति धामी घाइते भएको बताइएको छ भने वडा नं ३ बस्ने वर्ष ३० कि गोमति धामी, मालिकार्जुन गाउँपालिका वडा नं ६ बस्ने अन्ताजी ४० वर्षकि रेवती धामी वडा नं ३ बस्ने वर्ष ४२ कि रुपा धामी जिप दुर्घटनाबाट घाइते भएको जिल्ला प्रहरी कार्यायल दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगत मगरले बताएका छन्।

यस्तै मालिकार्जुन गाउँपालिका वडा नं ३ का २१ वर्षका सुमन सिह धामी, महाकाली नगरपालिका वडा नं ३ बस्ने वर्ष ३५ का रमेश लोहार बैतडी डिलासैनी गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का प्रदिप राना बझाङ बुङगलनगरपालिका ८ का वर्ष ६८ का धन बहादुर जागरी तथा महाकाली नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ का जीप चालक दिलाराम कोली घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यि मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। बझाङ बुङगलनगरपालिका ८ का वर्ष ६८का धनबहादुर जागरी र महाकाली नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ का दिलाराम कोलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ भाद्र २०७९ १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App