५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ को नाम 'किराँत सगरमाथा प्रदेश' राख्न पूर्वप्रधानमन्त्रीहरूलाई समक्ष ज्ञापन पत्र

प्रदेश नं १ को नाम 'किराँत सगरमाथा प्रदेश' राख्न पहिचानसहितको प्रदेश नं.१ को नामाकरणको लागि शान्तिपूर्ण नैतिक दवाव समिति झापाले पूर्व प्रधानमन्त्रीहरूलाई ज्ञापन पत्र बुझाएको छ ।

समितिले नेपालको प्राचीन किराँत सभ्यता, संसारकै प्राचीन सभ्यता भएको उल्लेख गर्दै किराँत शब्दसँग प्रदेश नं १ को भूगोल र इतिहास पनि जोडिएको हुँदा प्रदेश नं १ को नामकरणमा किराँत शब्द समेटिन आवश्यक रहेको बताएको छ ।

समितिले इतिहास र पौराणिक शास्त्रहरु अनुसार नेपालको प्राचीन नाम किराँत देश रहेको कुरा स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री समक्ष बुझाइएको ज्ञापन पत्रमा लेखिएको छ, 'पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्नु भन्दा अगाडि सांगा पूर्व टिस्टा नदीदेखि पश्चिमसम्मको भूभागलाई वल्लो किरात, माझ किरात र पल्लो किरात नामले अस्तित्वमा थिए। त्यसैले यस १४ जिल्ला समेटिएको प्रदेश नं। १ को नामाकरणमा किरात शब्द समेटिन आवश्यक छ।'

'शुरुआतदेखि विविधताभित्र एकताको सूत्रमा बाँधिएर वसेका हामी नेपालीहरुमा परस्परमा एकले अर्काको हकहित र मान मर्यादाको सम्मान गर्दै सह(अस्तित्वको सिद्धान्तमा अडिग छौं। तसर्थ नेपाललाई विश्वभरी चिनाउने समग्र नेपालको शीर विश्वके शीर प्रदेश नं १ को भूगोलभित्र रहेको सर्वोच्च शिखर सगरमाथा हिमाललाई जोडेर बहुपहिचानमा आधारित प्रदेश नं.१ को 'किराँत सगरमाथा प्रदेश' नामाकरण गर्नको लागि निष्पक्ष माग राख्दछौं।'

'संघीयताको मर्म भनेकै सम्बन्धित प्रदेश अन्तर्गतको भूगोलमा बसोवास गर्ने नागरिकहरुको पहिचानलाई सम्बोधन गर्दै सबैको भाषा, लिपि, धर्म, संस्कृति इतिहास र सभ्यताको सम्मान गर्नु हो। त्यसैले बहुजाति बहुधार्मिक व सांस्कृतिक र वहुभाषिक नागरिक बसोबास भएको यस प्रदेशको नामाकरण बहुपहिचानमा आधारित 'किरात सगरमाथा प्रदेश'  हुन सर्वमान्य हुनेछ', समितीको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

समितीले वहुपहिचानमा सबैको पहिचान मेटिने र जातीय द्वन्द्र पनि मेटिने भएकोले मुलुकमा दिगो शान्ति र समृद्धि कायम गर्न 'किराँत सगरमाथा प्रदेश' नाम उपयुक्त रहेको जनाएको छ।

समितिका संयोजक डकेन्द्रसिंह थेगिमले सो ज्ञापन पत्र राष्ट्रपति समक्ष बुझाउने तयारी भइरहेको बताएका छन्। नेपालका ७ प्रदेश मध्य ६ वटा प्रदेशको नामकरण भइसकेको छ। हाल पूर्वका १४ वटा जिल्ला समेटिएको प्रदेश नं १ को नामाकरण मात्र बाँकी रहेको छ।

प्रकाशित: १ भाद्र २०७९ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App