८ वैशाख २०८१ शनिबार
समाज

ट्रेलरको ठक्करबाट जीपमा सवार दुई जनाको मृत्यु

ट्रेलरको ठक्करबाट सडकमा पल्टिएको जीप।

धादिङको गल्छि गाउँपालिका–६ चिरौदी पुल नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भारतीय नम्बरको ट्रेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ जिपलाई ठक्कर दिँदा जिपमा सवार २ जनाको मृत्यु भएको हो।

जीपमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्र्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।

दुर्घटनामा ट्रेलरका चालक र सहचालक पनि घाइते भएका थिए। सामान्य उपचारपछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवनबाट काठमाडौँ जाँदै गरेको ट्रेलरले गएकाे राती जिपलाई ठक्कर दिएको हो। ठक्करबाट जीप सडकमै पल्टिएको छ।

प्रकाशित: ३१ श्रावण २०७९ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App