६ चैत्र २०८० मंगलबार
समाज

सुत्केरीको मृत्युपछि भेरी अस्पतालमा तनाव

भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले तनाव सिर्जना गरेका छन्। अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो।  

सुत्केरी ब्यथाले च्यापेपछि उनी स्थानीय भेरी अस्पतालमा पुगेकी थिइन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सराफत हुसेन शेषका अनुसार चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए।  

शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र दुबै बच्चाको मृत्यु भएको उनले बताए। चिकित्सकको लापरबाहीले सुत्केरी आमा र बच्चाको मृत्यु भएको भन्दै आफन्तले सोमबार बेलुकी केहीबेर तनाव सिर्जना गरेका हुन्। परिवार र आफन्तले केहीबेर तनाव सिर्जना गरेपनि अहिले शान्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७९ १५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App