६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गाँजाको संगठित तस्करी, ट्रान्जिट बन्दै पर्सा

कुनै समयमा आफैमा प्रतिबन्धित गाँजा उत्पादनको थलो रहेको पर्सा जिल्ला करिब डेढ दशकको अन्तरालपछि अब त्यसको तस्करीको ‘ट्रान्जिट’ बन्न लागेको छ। मकवानपुर, चितवन र धादिङ्गको पहाडि भेगमा उत्पादित गाँजा भारततर्फ तस्करी गर्न तस्कर गिरोहहरुले पर्सा जिल्लाको वीरगन्ज नाका र यहाँका ग्रामिण भेगलाई ‘ट्रान्जिट’ बनाउन थालेका छन्। यससंगै सूरक्षा निकायले पनि यसलाई नियन्त्रण गर्न सक्रियता बढाएका छन्।  

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटरबाट खटेको टोलीले मंगलबार राति मात्र भारतीय नम्बरको ट्रकबाट एक सय ४३ किलो गाँजा बरामद गरेको छ। ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट ११ बजे गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार वीरगन्जको बहुअरी चोकबाट यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट गाँजा बरामद भएको हो। सवारी चालक बस्ने क्याविनको माथि गोप्य ठाउँ बनाएर त्यसमा लुकाएर भारततर्फ लैजान लागेको गाँजा सशस्त्र प्रहीले विशेष सूचनाको आधारमा बरामद गरिएको जनाएको छ।

‘राति साढे १० बजे सूचना आयो भारतीय नम्बरको गाडिमा गाँजा रहेको भनेर, तुरुन्त टोली खटाइयो,’ सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले नागरिकलाई भने, ‘बहुअरी चभोकमा सडक छेउमा गाडि रोकिराखेको थियो, टोलीले घेरा हालेर हेर्दा मान्छे कोही थिएन, चाभी पनि थिएन।’ गाडि नियन्त्रणमा लिएर चेक जाँच गर्दा गाँजा बरामद भएको उनले बताए। 

यता मंगलबार राति सशस्त्र प्रहरी बल गाँजा बरामद गर्न सफल भएको अर्को दिन बुधवार, नेपालबाट यसैगरी लगिएको अर्को गाँजाको खेप मोतिहारीमा बरामद भएको छ। बुधवार भारत बिहाको मोतिहारी नजिक भीतहाँ रेल्वे फाटक नजिक एउटा कारबाट भारतीय प्रहीले एक सय ५० किलो गाँजा बरामद गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। भारतीय अधिकारी अमृतेश कुमारुका अनु्सार गाडिको सिटमुनीबाट गाँजाका १५ किलोका १० वटा पैकेट फेला पर्यो। नेपालबाट भित्र्याइएको गाँजा सिमावर्ती क्षेत्रबाट लिएर हिडेको गाडि उक्त ठाउँमा अर्को कारोबारीलाई ‘डिलेभरी’ गर्न लागेको छ भनी सूचना आएपछि कारवाही गरिएको भारतीय अधिकारीहरुले बताएका छन्।  

यसअघि असार २३ मा नेपाल प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको थियो। युपी २१ एएन ९९५७ नम्बरका ट्रकमा गोप्य ठाउँ बनाई उक्त परिमाणमा गाँजा भारततर्फ लैजादे गरेको अवस्थामा परवानीपुरस्थित राजमार्गबाट प्रहरीले फेला पारेको थियो। दुई भारतीय नागरिकलाई गाजा भएको ट्रकसहित प्रहरीले नियन्त्रणमा लियो। प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार उनीहरु उपर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ। 

गत असाढ १० गते भारतीय भन्सारले नेपाली नम्बरको ट्यांकरबाट जाँच सय २७ किलो गाँजा बरामद गरेको थियो। भारतीय भन्सार अधिकारीहरुका अनुसार पटनास्थित भन्सार बिभागलाई भारतको पुर्वोत्तर राजज्यतर्फ पठाउन वीरगन्जबाट भारी मात्रामा तयारी गाँजा भारत आउन लागेको सूचना प्राप्त थियो। पटनाबाट आएको बिभागको प्रतिनिधिसहित रक्सोल भन्सार कार्यालयको टोलीले निगरानी गरिरेहको बेलामा राति पसेको नेपाली ट्यांकरबाट गाँजा बरामद भयो।  

रक्सोलस्थित भन्सार (कस्टम) कार्यालयले जनाए अनुसार बरामद गाँजाको मुल्य नेपाली रुपैयाँमा दुई करोड ११ लाख २० हजार आँकलन गरिएको थियो। रक्सोल भन्सार (कस्टम) कि प्रम्ख रहेकी उपआय्क्त पिंकी कुमारीको नेतृत्वमा रहेको टोलीले मैत्री पुलमा रोकेर ट्यांकर जाँच गर्दा सुरुमा केही भेटिएन। सूरक्षाकर्मीएहरु ट्याकरको ‘च्याम्बर’मा पसेर हेर्दा त्यहाँ गोप्य खण्ड फेला परेको थियो। त्यसभित्र सावा पाँच क्विन्टल गाँजा निस्कियो। यसरी पछिल्लो समयमा नेपालबाट भारततर्फ गाँजाको तस्करी बढेको छ।  

यताबाट गाँजा तस्करी गर्ने गिरोहका व्यक्तिहरु उताबाट अन्य लागु्औषध, जालि नोट र साना हथियार नेपाल भित्र्याउन सक्रिय हुन सक्ने भन्दै यसमा कडाईका साथ निगरानी गर्न सिमा आरपार सूरक्षा बैठकमा दुबैतिरका सूरक्षा अधिकारीहरुले चाँसो देखाउदै आएका छन्। प्रतिबन्धीत गाँजा ओसारपसार गर्नेहरु पछिल्लो समयमा दुबै देशको सूरक्षा घेरालाई कडा चुनौति दिरहेको देखिन्छ। मकवानपुर, चितवन र धादिङ्ग जिल्लामा उत्पादित प्रतिबन्धित गाँजालाई भारततर्फ निकासी गर्न तस्कर गिरोहले वीरगन्जलाई ट्रान्जिटको रुपमा प्रयोग गर्न खोजेको प्रहरी अधिकारी बताउछन् छन्। प्रहरीले ओसार पसारमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गर्ने, गाँजा बरामद गर्नेजस्ता नियन्त्रणका उपायहरु गरेको पाइन्छ। मुख्य कारोबारीहरुसम्म प्रहरी पुग्न सकेको मुद्दा न्युन छन्।

प्रकाशित: २६ श्रावण २०७९ १७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App