२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

उपमहानगरपालिकामा छड्के अनुगमन गर्दा ३२ जना कर्मचारी अनुपस्थित

छड्के अनुगमनमा निस्केका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा। तस्बिर: नागरिक <div><br></div>

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एकै पटक धेरै संख्यामा अनुपस्थित देखिएका छन्। अनुपस्थित रहने कर्मचारीमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृत स्तरका कर्मचारी धेरै छन्।  

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहीबार उपमहानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनुगमन गरेका थिए।  

सो क्रममा शाखा अधिकृतसहित ३२ जना कर्मचारीहरुले हाजिरी नगरेको पाइएको नगर प्रमुख विष्टले जानकारी दिए। यद्यपी शाखा अधिकृत को–को हुन् भन्ने बारे उपमहानगरले नाम खुलाइएको छैन। नगर प्रमुख बिष्टका अनुसार बिहान १० बजेर २० मिनेट जाँदा हाजिरी रजिष्ट्रर छड्के गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो। उनीहरु मध्ये अधिकांश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन्।  

यस्तै पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको हो। नगरप्रमुख विष्टसहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिती जनाउन निर्देशन दिएको छ। पहिलो चरणमा हाजिरी छड्के गरेको नगरप्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनुगमन गर्ने जनाएको छ।  

नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहीबार आकस्मिकरूपमा कर्मचारीको पनि हाजिरीको अनुगमन गरेको हो।

प्रकाशित: १९ श्रावण २०७९ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App