४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

अवरुद्ध नारायणगढ-मुग्लिन सडक २३ घण्टापछि खुल्यो

फाइल तस्बिर

मंगलबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा गएराति पौने दुई बजे  पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो।

मौरीपुलको पहिरो हटाएपछि  बुधबार (आज) बिहान सवा नौ बजेबाट दुईतर्फी नै सवारी साधन गुड्न सुरु गरेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।  

गएराति पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा समेत क्षति पुगेको थियो। मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो हटाएपछि सवारी आवागमन सुचारु भएको थियो। सडक सुचारु भए सँगै सोमबार रातिदेखि कै गाडीहरू गन्तव्य तर्फ लागेका छन्।

प्रकाशित: १८ श्रावण २०७९ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App