१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

धापाखेलमा नागपञ्चमी मेला

फाइल तस्बिर।

ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ। हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ।  

नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए। कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन।  

सो मेलालाई व्यवस्थित बनाउन क्लब, सहकारी एवं महिला समूहका स्वयंसेवकले सहयोग गरिराखेका ललितपुर २४ का वडाध्यक्ष दिनेशजङ्ग पाण्डेले जानकारी दिए।  उनले भने, 'यहाँ लाग्ने मेला संरक्षणका लागि महानगरपालिकाले नगरस्तरीय योजनामार्फत कला र संस्कृति संरक्षणमा छुट्याएको  एक लाखका साथै वडाले समेत सहयोग गरेको केही रकम प्रयोग गरी मन्दिर सजावटका साथै स्वयंसेवकको व्यवस्थापनमा जुटेका छौँ।' भक्तजनलाई सहजताको साथ मेला भर्न दिइने उनकाे भनाइ छ। धापाखेलमा आज बाजागाजा तथा झाँकीसहित बासुकी नागको पूजा तथा आराधना गर्ने गरिन्छ।

प्रकाशित: १७ श्रावण २०७९ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App