७ वैशाख २०८१ शुक्रबार
समाज

नदी कटानलाई रोक्न बाँधमा बास रोपाइँ

रौतहटको गौर नगरपालिकाका प्रमुख शम्भु साहले नदी कटानबाट नगरबासीलाई जोगाउन किनारमा बाँस रोपाइँ सुरु गरेका छन्।

गौर नगरपालिका ४ मा सोवर्ना माई नजिक रहेको बकैयाको बाँधमा बाँसको रोपाइँ सुरु गरिएको हो। नगर प्रमुख साह र वडाध्यक्ष संजय गिरीले स्थानीय बासीको सहयोगमा बकैया नदीको तटबन्धमा बाँस रोपाइँ सुरु गरेका हुन्।

बकैयामा बनाइएको तटबन्ध कमजोर रहेको र कटानको डर पनि रहेकोले बाँधलाई जोगाउन निरन्तर प्रयास भइरहेको छ। नगर प्रमुखमा निर्वाचित भएपछि साहले कमजोर देखिएको ठाउँमा पक्की ढलान मरम्मत समेत गरेका छन्।

पछिल्लो चरणमा बाँस रोपेर कटानको सम्भावित जोखिमबाट बचाउन चाहेको नगर प्रमुख साहले बताएका छन्। पहिलो चरणमा ४५० थान उच्च गुणस्तरको बाँसको बिरुवा मगाइएको छ। जनकपुरबाट प्राविधिकहरुको सुझाव अनुसार उच्च गुणस्तरको बाँसको बिरुवा रोपिएको हो।

प्रकाशित: १२ श्रावण २०७९ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App