२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

अधिकारी नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा मनोनित

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी नेपाल व्यवस्थापन संघ (म्यान) प्रबन्ध समितिमा मनोनित भएका छन्।

सरकारले अधिकारीलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा संघमा मनोनयन गरेको हो। मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई सरकारको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

अधिकारीलाई दुई वर्षका लागि मनोनित गरेको हो। नेपाल व्यवस्थापन संघ निजी क्षेत्रमा कार्यरत व्यवस्थापकहरुको आवद्ध रहेको संस्था हो। सरकारको प्रतिनिधिको रुपमा निजी क्षेत्र र सरकारबीच समन्वय गरेर काम गर्न भूमिका निर्वाह गर्ने अधिकारीले बताए।

सरकारको प्रतिनिधिको रुपमा नियुक्त अधिकारीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ। अधिकारीले अन्नपूर्ण फाइनान्स, सिटी डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक र ओम डेभलपमेन्ट बैंकको उच्च तहमा रहेर काम गरेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा अध्यापन गरेका अधिकारी उच्च व्यवस्थापनमा बसेर विभिन्न संस्थाहरुलाई कुशलतापूर्वक नेतृत्व गरेका छन्।

प्रकाशित: ११ श्रावण २०७९ १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App