७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

छुट्टाछुट्टै घटनामा २ बालकको मृत्यु

फाइल तस्बिर

मोरङको बेलबारी र सुन्दरहरैँचा नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा परी २ जना बलाकको मृत्यु भएको छ।  

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका–८ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोकिएर दुर्घटना भएको हो।  

दुर्घटनामा परी झापा दमक नगरपालिका–४ का १४ वर्षीय राजु बराइलीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जनाकारी दिए।  

दुर्घटनामा परी बराइली र कार चालक बेलबारी नगरपालिका–१ का २२ वर्षीय सन्दीप लामिछाने घाइते भएका थिए। घाइते दुवैको बेलबारी अस्पतालमा उपचार भए पनि बराइलीलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पालमा ल्याइएको थियो।  

नोबेलमा उपचारका क्रममा बराइलीको मृत्यु भएको र लामिछानेको बेलबारीमै उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीले घटना सम्बन्धमा थप अनुसन्धान थालेको ट्राफिक प्रहरीले जनाएको छ।  

त्यसैगरी, सुन्दरहरैँचा नगरपालिका–४ का हरि खड्काको ५ वर्षीय छोरा प्रदीप खड्काको पानीले बगाएर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। बुधबार बिहान साढे ९ बजेतिर घर छेउमा रहेको पानीले बालकलाई बगाएर लैजाँदै गरेको देखेपछि स्थानीयले उद्दार गरी तत्कालै इटहरीस्थित बेदान्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीले घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ श्रावण २०७९ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App