७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पत्रकारहरुमाथि लगाइएको आरोप पुष्टि गर्न प्रेस युनियनको चुनौती

नेपाल प्रेस युनियन रुपन्देहीले तिलोत्तमा नगरपालिकाको नगरसभासम्बन्धी समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिएको छ।  

युनियनले स्थानीय सरकारका जिम्मेवार पदाधिकारीहरुले रुपन्देहीकी युनियन अध्यक्ष रेखा भुसाल र  सल्लाहकार यमलाल भुसाललाई हुलहुज्जतमा पारेर गलत आक्षेप लगाएको दाबी गरेको छ। प्रमाण र पुष्टि नभएका घटनालाई आधार मानेर नियतपुर्ण ढंगबाट आक्षेप लगाइएको युनियनले जनाएको छ।  

‘पत्रकारद्धयमाथि लगाइएको आक्षेप प्रमाणित गर्न चुनौती दिएका छौं’, युनियन सचिव कल्पना तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारद्धयमाथि आक्षेप लगाउनुपूर्व सम्बन्धित पक्षलाई सोध्ने चेष्टा समेत नगरी एक पक्षीय ढंगबाट बिसौं वर्षदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुको चरित्र हत्याको कुचेष्टा गर्नेहरुलाई बेलैमा सच्चिन आग्रह गर्दछौं।’ युनियनले स्थानीय सरकारका जिम्मेबार पदाधिकारीहरुले पत्रकारिताको व्यवसायिक आचरणको सम्मान गर्नुपर्ने बताएको छ।  

केही संचारमाध्यमले सोमबार रुपन्देही तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरीदेवी चौधरीलाई उद्रित गर्दै पत्रकारहरुको नाम तोकेर नगरसभाको माइन्यूट लुकाएको आरोप लगाएका समाचारहरु प्रकाशित भएका थिए।

यता उपमेयर चौधरी भने आफूले कुनैपनि पत्रकारको नाम तोकेर आरोप नलगाएको दाबी गर्छिन्। ‘मैले कुनैपनि पत्रकारको नाम तोकेर आरोप लगाएको छैन। अनलाइन पत्रकारले जे पनि लेख्न थाले’, उनले भनिन्। 

आइतबार रुपन्देहीको मणिग्राममा नगरसभा स्थगित भएको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई नै उपमेयर चौधरीसहितको समूहले उक्त आरोप लगाएको भन्दै समाचारहरु प्रकाशित भएका थिए।

उक्त घटनाको समाचार संकलन गर्न पुगेकी रुपन्देही युनियन अध्यक्ष तथा नागरिक दैनिक संवाददाता रेखा भुसाल र राज्य टेलिभिजन बुटवलका समाचार प्रमुख यमलाल भुसालले आफूहरुमाथि अभद्र व्यवहार भएको बताउँदै आएका छन्। यमलाल भुसालले बोकेको झोलामा नगरपालिकाको माइन्युट लुकाएको भन्दै उपमेयर चौधरीले जबरजस्ती खोसेकी प्रत्यक्षदर्शी पत्रकार रेखा भुसालले बताइन्।

प्रकाशित: ३ श्रावण २०७९ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App