१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।

उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका छन्। उनको राजीनामा सोमबारदेखि लागु हुनेछ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

पोखरेलले दायर गरेको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेको थियो। यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको थियो। 

प्रकाशित: २ श्रावण २०७९ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App