८ वैशाख २०८१ शनिबार
समाज

गाँजा तस्कर नाइकेको खोजी किन हुँदैन?

रौतहटको गौर नगरपालिकाबाट सशस्त्र प्रहरीले करिब दुई सय किलो गाँजासहित एउटा भारतीय स्कारपिओ समातेको कुराले रौतहटमा अहिले व्यापक चर्चा पाएको छ।

नेपालबाट भारततिर गाँजा तस्करी व्यापक मात्रामा हुने गरेकोमा जहिले पनि प्रहरीले गाँजा समात्ने तथा सवारी धनीलाई कारबाही कहिल्यै नगर्ने विषयमा व्यापक चर्चा चल्न थालेको हो।

सशस्त्र बेस क्याम्प फतुवाबाट सशस्त्र प्रहरीको एक टोलीले आइतबार राति राजपुर नगरपालिका ६ कुडिया बजार नजिकको एक बगैँचाबाट करिब दुई सय किलो गाँजासहित पक्राउ गरेको भारतीय स्कारपिओको बिषयले निकै चर्चा पाएको छ। गौर नगरपालिका ४ टिकुलियाका धर्मेन्द्र सहनीको डिएल ४ सिएनबि ६२२९ नम्बरको स्कारपिओ गाडीलाई सशस्त्र प्रहरीले चेकजाँच गर्दा एक सय ९२ किलो ४०० ग्रामगाँजा बरामद भएको थियो।

ठूलो परिमाणमा गाँजा बरामद भएपछि सशस्त्र प्रहरीले गाडीलाई सशस्त्र प्रहरी बलको ११ नम्बर गणको मुख्यालयमा लगेर चेकजाँच गर्दा एक जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पनि फेला परेको र गाडीको कागजपत्र पनि प्राप्त भएको बताइएको छ। गाँजासहित एक जना मानिसलाई पनि सशस्त्र प्रहरीले समातेको र राति नै मानिसलाई छोडेको चर्चा पनि खुब चलेको छ।

यस विषयमा सशस्त्रप्रहरी बलले अनुसन्धानको काम बाँकी रहेको मात्र बताइरहेको छ। ठूलो परिमाणमा गाँजा र गाडी पक्राउ परेकोले गाँजा तस्करीको बिषयमा थप अनुसन्धान हुनुपर्ने स्थानीयको माग रहेको छ।  

नेपाल प्रहरीका एक जनापूर्व सई रामविनोद राययादवले सशस्त्र प्रहरीले अवैध सामान समातेर अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाउनुपर्ने बताएका छन्।  

यसअघि पनि समातिएका गाँजाको साहु तथा नाइके र सहयोगीहरुको बारेमा अनुसन्धान हुन नसकेकोले जिल्लामा गाँजाको तस्करी व्यापक मात्रामा हुने गरेको अनुमान स्थानीय बासीको रहेको छ। गाँजा र गाडी पक्राउ भएको बिषयबारे नेपाल प्रहरीले पनि बुझि रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

प्रकाशित: २ श्रावण २०७९ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App