१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बस लुट्ने युवतीसहित सात प्रहरी फन्दामा

सुरुङ्गा (झापा), माघ ४- यात्रु बस लुट्न खोज्ने एक युवतीसहित सात जनाको समूहलाई प्रहरीले झापाको विर्तामोडबाट पक्राउ गरेको छ। काँकरभिट्टाबाट यात्रु बनी आएका उनीहरूले विर्तामोड मुक्ति चोकमा हतियार देखाई लुटपाट गर्न थालेपछि बसमा रहेका अन्य यात्रुले मोबाइलबाट प्रहरीलाई खबर गरेका थिए।
पक्राउ पर्नेमा झापा सुरुङ्गा– ४ की १९ वर्षीया उषा पोखरेल, सोही ठाउँका १७ वर्षीय सन्दीप थापा, सुरुङ्गा– ८ का १६ वर्षीय सञ्जय पोखरेल, सुरुङ्गा– ९ का १५ वर्षीय अजय चौधरी, सुरुङ्गा– ५ का २० वर्षीय मुकेश गुप्ता, १७ वर्षीय प्रजल सोनी र लखनपुर– १ का २५ वर्षीय विजय विक छन्।

मे १ ख ९५० नम्बरको कञ्चन भिडियो बसमा चढेर आएका उनीहरुमध्ये केही भने भागेकालेखोजी भइरहेको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्नमध्ये केही स्थानीय माई मेलाका व्यापारीमाथि लुटपाट र कुटपिट गरेको अभियोगमा प्रहरीले खोजी गरिरहेका रहेका प्रहरी नायब निरीक्षक लोकबहादुर प्रधानले बताए।

पक्रउ परेकामध्ये युवतीको साथबाट प्रहरीले २० थान नाइट्रोजन ट्याबलेटसमेत बरामद गरेको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय, विर्तामोडमा राखिएको छ। उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विर्तामोड प्रहरीका अनुसार आफूलाई लिम्बुवान भोलेन्टियर्सको कार्यकर्ता बताउँदै उनीहरुले गए राति राति करिब १० बजे बस लुट्दै गर्दा पक्राउ परेका हुन।
- रासस

प्रकाशित: ४ माघ २०६६ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App