३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवन बनाउने

कोहलपुर नगरपालिकाका नयाँ प्रशासनिक भवन शिलान्यास गरिदै। तस्बिर: नागरिक <br>

बाँकेस्थित कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवन बनाउने भएको छ। उक्त भवन निर्माण गर्न शुक्रबार धार्मिक विधिपुर्वक शिलान्यास गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले धार्मिक विधिपुर्वक शिलान्यास गरेका हुन्।  

स्थानीय सरकारको ९ करोड र स्थानीय पूर्वाधार विकास विभागको ६ करोड अनुदानमा साढे ५ तले अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्न लागिएको नगर प्रमुख आचार्यले जानकारी दिए। दैनिक प्रशासनिक काम गर्न समस्या भइरहेका बेला नयाँ बन्ने भवनले सहजता ल्याउने उनको विश्वास छ। नगरपालिकाले हाल पाँच वर्षअघि निर्माण भएको भवनबाट काम सञ्चालन गर्दै आएको छ।  

स्थानीय कोहलपुर नगर विकास समितिको प्राङ्गनमा नयाँ प्रशासनिक भवन बनाइने उपप्रमुख सुवेदीले जानकारी दिइन्। नगरपालिकाका सबै शाखाले नयाँ भवनबाट काम सञ्चालन गर्ने उनले बताइन्। उक्त भवन आगामी २०८१ साल पुस मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको छ।

 नयाँ प्रशासनिक भवनको डिजाईन। 

प्रकाशित: ३१ असार २०७९ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App