१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रोल्पा पूर्णखोप सुनिश्चितता युक्त जिल्ला

रोल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता युक्त जिल्ला घोषणा गरिएको छ। रोल्पा जिल्ला वि.स. २०७५ साल माघ २५ गते पहिलो पटक पूर्णखोप घोषणा भएको थियो।

सोही कार्यको निरन्तरका लागि राष्ट्रिय पूर्णखोप सुनिश्चितता तथा दिगोपना निर्देशिका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी आ.व.०७८/७९ मा चौथो पटक यस जिल्लालाई पूर्णखोप दिगोपना सूनिश्चिातता गरिएको हो।

१० स्थानीय तह रहेको रोल्पामा ७२ वडा मध्य स्थानीय स्वास्थ्य चौकी, स्थानीय तह तथा स्वास्थ्य कार्यालयको समन्वयमा खोज र खोप अभियान सञ्चालन गरी हालसम्म ४ हजार ४ सय ९९ बच्चाहरुलाई खोप लगाइ कुनै पनि बच्चा खोप लगाउन नछुटेको सुनिश्चित गरिएको हो।

सम्पूर्ण स्थानीय तहहरुले सम्पूर्ण घरधुरी सर्वेक्षण गरी कुनै बालबालिका छुटेको भएमा तत्काल खोपको दायरामा ल्याइ खोप लगाइ खोपको पूर्णमात्रा सुनिश्चित गरिएको छ। राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सम्पूर्ण खोपहरु, सबै बालबालिकाहरुले पूर्णरुपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरु थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ।

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ रोगविरुद्धको खोप उपलब्ध छन्। पूर्णखोप सुनिश्चिाताको लागि १६ महिनादेखि २३ महिनासम्म उमेर समूहका बालबालिकाहरुमा खोपको अवस्थाको पहिचान र विश्लेपषण गरिन्छ। जिल्ला खोप समन्वय समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन रहेका थिए।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख/उपप्रमुख, राजनितिक दलका प्रमुख/प्रतिनिधि, नागरिक समाज, आमा समूह, महिला स्वासथ्य स्वयम सेविकाहरु, विभिन्न विकास साझेदार संघ संस्थाहरु, पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित: ३० असार २०७९ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App