२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

नगरकोट सडकका ठेकेदारविरूद्ध हस्ताक्षर अभियान सुरू

भक्तपुरको नगरकोट सडकको ठेकेदारविरुद्ध स्थानीयबासीहरुले हस्ताक्षर अभियान थालेका छन्। नगरकोट सडक विस्तारमा ढिलाई गरेको भन्दै पीडितहरुले हस्ताक्षर अभियान थालेका हुन्। दुई वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ सुरु भएको नगरकोट सडक आठ वर्ष वित्दा पनि अझै सम्पन्न हुन सकेको छैन। सडक विस्तार कार्य समयमै सम्पन्न नहुँंदा स्थानीयबासीहरु वर्षामा हिलाम्य र हिउँंदमा धुलाम्य भएर हैरान छन्।  

चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीका कृष्ण फुँंयालले सडक विस्तार कार्य छिटो सम्पन्न गराउन दवावस्वरुप हस्ताक्षर अभियान थालेको जनाए। वडा कार्यालयको अगुवाईमा हस्ताक्षर अभियान थालेको जानकारी उनले दिए।  

चाँंगुनारायण नगरपालिका वडा नं ७ वागीश्वरीका वडा अध्यक्ष श्यामकृष्ण नायँंजु (नायँजु) श्रेष्ठले संकलित हस्ताक्षर चाँंगुनारायण नगरपालिका प्रमुखलाई बुझाउने योजना रहेको बताए। सडक बनाउन अनेक गर्दा पनि नबनेपछि हस्ताक्षर अभियान थालेको उनले सुनाए। सडक बनाउन दिन तलदेखि माथिसम्मका सवै बल प्रयोग भइरहेको उनले जनाए। तल्लोस्तरमा हस्ताक्षर र माथिल्लोस्तरमा प्रधानमन्त्रीसम्मलाई भेटेर दवाव दिने कार्यक्रम रहेको उनले जानकारी गराए।  

अहिले सडक खण्डको दुई ठाउँंबाट हस्ताक्षर अभियान चलिरहेको छ। चाँंगुनारायण नगरपालिका वडा नं ६ लामा टोल र चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीबाट अभियान चलिरहेको छ।  

चाँंगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामाले नगरकोटका घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने योजना रहेको सुनाए। उनले दवावस्वरु नयाँंनयाँं कार्यक्रमहरु गर्दै जाने योजना रहेको पनि बताए। यसका लागि वडाबासीहरुसँंग निरन्तर छलफल गर्दै आएको पनि उनले सुनाए। आफूले विरोधस्वरुप तीन दिनदेखि वडाको काम सडकमा आएर गरिरहेको जानकारी पनि उनले गराए। 

नगरकोट सडक नवनेकोप्रति वडा अध्यक्षहरु मात्रै नभई सर्वसाधारण झन वढी आक्रोशित छन्। उनीहरु दोषीहरु नगरकोट पुगेको देखेमा उनीहरुमाथि आक्रमणसमेत गर्न पछि नपर्ने आक्रोश पोख्छन्।  

दुई वर्षभित्र सकाउने योजनासहित सुरु भएको काम आठ वर्ष भइसक्दा पनि सकेको छैन। भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर लामो सडक आर्थिक वर्ष २०७२र७३ भित्र सम्पन्न गरिसक्ने गरी एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार कार्य भएको थियो। आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले संयुक्त रुपमा सडक निर्माणको जिम्मा पाएको थियो। सडक विभाग अन्तर्गतको भक्तपुर-नगरकोट- सिपाघाट सडक विस्तार योजना अन्तर्गत काम भएको हो।  

चार मिटर फराकिलो चौडाईको दुई लेनको सडकलाई सात मिटरको चार लेन फराकिलो गरी कालोपत्रे बनाउने योजना चलिरहेको छ। तर त्यो कछुवा गतिमा छ।    

सडक विभागअन्तर्गत भक्तपुर-नगरकोट- सिपाघाट सडक विस्तार योजनाले ३१ करोडको लागतमा विस्तार कार्य गरिरहेको छ। पहिलो चरणमा भक्तपुर- नगरकोट जाने सडक विस्तार सुरु गरेको हो। सडक साँघुरो हुँदै गएको, सडक मिचेर घर टहरा, पसल निर्माण विस्तार हुँदै गएर अव्यवस्थित भएपछि आयोजनाले मापदण्ड विपरितको घरटहरा भत्काउँदै २०७१ सालबाट सडक विस्तार गर्न सुरु गरेको थियो। पहिलो चरणको योजनापछि नगरकोटबाट करिव २० किलोमिटरको सिपाघाटसम्मको सडक विस्तार गर्ने योजना रहेको जनाइएको छ।

प्रकाशित: २९ असार २०७९ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App